अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुधन गुरुङमाथि छानबिन हुन्छ: रवि लामिछाने

सुधन गुरुङमाथि छानबिन हुन्छ: रवि लामिछाने


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छिट्टै छानबिन गर्ने बताएका छन्।

आज सिंहदरबारमा सांसदहरूसँग अनौपचारिक कुराकानीपछि पत्रकारहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले सुधनमाथि छानबिन हुने बताएका हुन्।

सभापति लामिछानेले भने, ‘छानबिनको प्रक्रिया चाँडै शुरु हुन्छ, त्यो कस्तो प्रकारको हुन्छ भन्ने तपाईंहरुले जानकारी पाइहाल्नु हुन्छ, उहाँले अहिले नैतिकता देखाएर, म माथि प्रश्न उठेको हुनाले छानबिन गरियोस् नै भन्नुभएको छ। उहाँमाथि छानबिन हुन्छ, कुन प्रक्रियाबाट छानबिन गर्ने भन्ने छ, चाँडै छानबिन हुन्छ।’ 

सभापति लामिछानेले निवर्तमान गृहमन्त्री गुरूङले आफूमाथि छानबिन गरिदिन आग्रह गरेको पनि बताए। उनकाअनुसार कुन प्रक्रियाबाट छानबिन गर्ने भन्ने विषय भने टुंगो लागेको छैन। 

‘यो कुरा मलाई पनि भन्नुभएको छ, ममाथि छानबिन गर्नुपर्‍यो भनेर। उहाँले अरूलाई जस्तै मलाई पनि छानबिन गरियोस् भन्नुभएको छ,’ ‘यो कुरा मलाई पनि भन्नुभएको छ, ममाथि छानबिन गर्नुपर्‍यो भनेर। उहाँले अरूलाई जस्तै मलाई पनि छानबिन गरियोस् भन्नुभएको छ,’ सभापति लामिछानेले भने।

गुरूङ २७ दिन गृहमन्त्री रहेर बाहिरिएका थिए। उनीमाथि सम्पत्तिको स्रोत र पक्राउ परेका व्यवसायी दीपक भट्टसँगको ‘कनेक्सन’ लाई लिएर प्रश्न उठेको थियो।

Skip This