काठमाडौं-सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहविरुद्व भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु.१ लाख रुपैयाँ घुस लिएको आरोप लगाउँदै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार कल्याणपुर नगरपालिका वडा नं. ६ स्थित नाला निर्माण योजनाको कार्य सम्पन्न भई भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग विचौलियामार्फत घुस लिएको पुष्टि भएको छ।
आयोगका अनुसार सेवाग्राहीबाट साहलाई एक लाख रुपियाँ घुस लिएको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिइएको थियो ।
मेयर साहविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप एक लाख रुपैयाँ बिगो कायम गरी जरिबाना र कैद सजायको माग गर्दै विशेषमा शुक्रबार आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता पौडेलले जानकारी दिनुभयाे ।






प्रतिक्रिया