काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएकाे छ।
प्रधानमन्त्री ओलीले राजीनामा दिएको उहाँको सचिवालयले जानकारी दिएको छ।
मुलुकमा उत्पन्न असामान्य परिस्थितलाई ध्यानमा राख्दै आफूले राजनीतिक निकास र समस्या समाधानको थप पहलका लागि राजीनामा दिएको उहाँले बताउनु भएकाे छ।
‘हाल मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधनको थप पहलको लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागु हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु,’ केपी ओलीले आफ्नो राजीनामा भन्नुभएकाे छ।








प्रतिक्रिया