काठमाडौँ-नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला पुल नजिकै पहिरो खसेकाले सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। केही दिनअघि पहिरो खसेकै स्थानमा आज बिहानदेखि सानो सानो आकारमा पहिरो खसिरहेको छ। बिहान एक चरण पहिरो हटाइएकामा झर्ने क्रम नरोकिएकाले यातायात फेरि अवरुद्ध बन्न पुगेको हो।
सडक डिभिजन भरतपुरका अनुसार काठमाडौँबाट पोखरातर्फ जाने र आउने सवारी साधन सञ्चालनमा रहेता पनि चितवनतर्फ जाने र आउने सवारी साधन भने पहिरो पन्छाएपछि मात्र सञ्चालनमा आउने छन् ।







प्रतिक्रिया