अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुख घिमिरेद्वारा बाढी–पहिरो पीडितको राहत तथा उद्धारमा सहकार्यको अपिल

सभामुख घिमिरेद्वारा बाढी–पहिरो पीडितको राहत तथा उद्धारमा सहकार्यको अपिल


काठमाडौं-प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले देशका विभिन्न स्थानहरूमा आएको बाढी तथा पहिरोबाट भएको जनधनको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावितप्रति सहानुभूति प्रकट गर्नुभएको छ।

सभामुख आइतबार सभामुख घिमिरेले एक सन्देश जारी गर्दै उद्धार तथा राहतका लागि परिचालित सुरक्षा निकाय, स्वास्थ्यकर्मी, प्राविधिक टोली तथा स्वयंसेवकहरूलाई धन्यवाद ज्ञापन समेत गर्नुभएको छ। सभामुख घिमिरेले पीडितहरूको राहत र पुनर्स्थापनामा निरन्तर ध्यान दिन सरकार र सम्बन्धित निकायहरूलाई आग्रह गर्नुभएको छ। ‘यस चुनौतीपूर्ण घडीमा हामी सबै एकजुट भएर अघि बढ्ने हो भनेमात्र विपदलाई पार लगाउन सक्छौं,’  सभामुखको भनाइ छ। उहाँले राहत तथा उद्धारमा संलग्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न सम्पूर्ण देशबासीमा अपिलसमेत गर्नुभएको छ।

सभामुखले बाढी–पहिरोका कारण विस्थापित भएका नागरिकहरूको शीघ्र पुनर्वास र प्रभावित क्षेत्रको पुनर्निर्माणमा राज्यका सबै संयन्त्रले समन्वयपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभएको छ।