अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालेन शाहको सम्पत्ति छानबिन गर्नुपर्छ: युवा सङ्घ

बालेन शाहको सम्पत्ति छानबिन गर्नुपर्छ: युवा सङ्घ


काठमाडौं-नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालका उपाध्यक्ष महाराज गुरुङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सम्पत्तिमाथि छानबिन गर्नुपर्ने बताउनु भएको छ।

बुधबार एमाले पार्टी कार्यालय च्यासलमा युवा संघका तर्फबाट आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष गुरुङले मेयर बालेनका गतिविधि र सम्पत्तिमाथि छानबिन हुनुपर्ने बताउनु भएको हो।

यस्तै, ‘हामी नेपाल’ संस्थामा कति पैसा आयो, कहाँ केका लागि लगानी गर्‍यो भन्ने विषयमा पनि छानबिन  गर्नुपर्ने उपाध्यक्ष गुरुङले बताउनुभयो।

‘भ्रष्टाचार अन्त्य गरेर जाने हो भने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सम्पत्तिमाथि छानबिन गर्नुपर्छ। हामी नेपाल संस्थाको कति सम्पत्ति आयो ? आम्दानी कति छ ? त्यो सोच्छौ’, उहाँले भन्नुभयाे, ‘देशलाई भड्खालोमा हाल्ने बालेनबारे हामी सोच्छौं ।’

उपाध्यक्ष गुरुङले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार स्वतन्त्र र निष्पक्ष चुनाव गराउनेतिर नलागेको भन्दै यदि सरकारले निष्पक्ष चुनाव गराउने हो भने अहिलेका प्रधानमन्त्री र मन्त्री जहाँबाट चुनाव लड्छन् आफू त्यहीबाट निर्वाचन लड्ने चेतावनी दिनुभयाे ।

Skip This