काठमाडौं – कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेका कारण आज वर्षाको सम्भावना छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभरको मौसम मुख्यतया सफा रहनेछ ।
विभागले दिउँसो कोसी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
विभागका अनुसार राति कोसी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।







प्रतिक्रिया