अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अशोक राई नेतृत्वको जसपा मधेस प्रदेश अध्यक्ष यादवद्वारा राजीनामा

अशोक राई नेतृत्वको जसपा मधेस प्रदेश अध्यक्ष यादवद्वारा राजीनामा


काठमाडौँ-अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको मधेस प्रदेशका अध्यक्ष अशोककुमार यादवले राजीनामा दिनुभएको छ।अध्यक्ष यादवले आज जसपाको अध्यक्षसमक्ष साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिनुभएको हो।

वर्तमान राजनीतिक अवस्थामा देश र मधेसको विकास तथा अधिकारको रक्षा मधेस केन्द्रित दलहरूबाट सम्भव नभएपछि जसपाबाट राजीनामा दिएको नेता यादवले बताउनुभयाे ।

यादवले राजीनामा पत्रमा भन्नुभएको छ, ‘मधेसी जनअधिकार फोरम नेपाल बाट राजनीति सुरु गरी हाल जनता समाजवादी पार्टीसम्म आउँदा सधैँ अन्याय, अत्याचार, शोषण तथा विभेदविरुद्ध अबाज उठाउँदा कैयन पटक थुना, जेल र मुद्दा मामिलाहरू भोग्दै आफ्नो ज्यान समेतको प्रवाह नगरेको म आज मितिबाट सम्हाल्दै आएको पार्टीको जिम्मेवारी तथा पार्टीको धारण सदस्य समेतबाट राजीनामा गर्दछु।’

जसपाका उपाध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा केही नेताहरू आजै नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्न लागेका छन् ।