काठमाडौं- टोखा नगरपालिकाले सार्वजनिक जग्गा खाली गर्न सूचना जारी गरेको छ ।
प्रशासकीय अधिकृत कमल भट्टराईले एक सुचना जारी गरी नगरपालिका क्षेत्रभित्र रहेका नदी करिडोर र सार्वजनिक एवम् सरकारी जग्गा अनधिकृत रुपमा अतिक्रमण गरी निर्माण भएका निजी उपभोगमा रहेका भौतिक संरचना हटाउन १५ दिन भित्र हटाउन भनेका छन् ।
नगरपालिकाले सरकारी सार्वजनिक जग्गा संरक्षणमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ ।
सूचना बमोजिम तोकिएको समय सीमाभित्र त्यस्ता संरचना नहटाए प्रचलित कानून बमोजिम आवश्यक प्रकृया अगाडि बढाईने भट्टराईले जारी गरेको सुचनामा जनाएको छ ।








प्रतिक्रिया