अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनकपुरधाममा सरकारकाे ‘डोजर आतंक’ विरुद्ध सुकुम्बासीको प्रदर्शन

जनकपुरधाममा सरकारकाे ‘डोजर आतंक’ विरुद्ध सुकुम्बासीको प्रदर्शन


जनकपुरधाम-पुनर्स्थापना बिना घर भत्काइएको विरोधमा सुकुमबासीहरूले मधेश प्रदेशको राजधानी जनकपुरधाममा सरकारविरुद्ध प्रदर्शन गरेका छन्।

सरकारले डोजर आतंक मच्चाउँदै आफूहरूमाथि अमानवीय व्यवहार गरेको उनीहरूको आरोप छ। प्लेकार्डसहित उनीहरूले जनकपुरधामका विभिन्न चौकमा परिक्रमा गर्दै विरोध प्रदर्शन गरेका थिए।

नागरिकको बासको अधिकारलाई खोस्दै डोजर चलाउने चलनको अन्त्य गरियोस् जनताको घर टहरा भत्काउनु हुँदैन भन्दै  सरकारको विराेध गरेका थिए । सरकारले विस्थापन नभएर व्यवस्थापनको नीति अपनाउनुपर्ने उनीहरुले माग गरेका छन्। ‘सरकारले विस्थापन होइन, व्यवस्थापनको नीति अगाडि बढाओस्। नागरिकको बासको अधिकारलाई खोस्दै डोजर चलाउने चलनको अन्त्य गरियोस्’ भन्दै नारासमेत लगाएका थिए ।