अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाथीभरा केबलकार निर्माणमा अवरोध नगर्न ताप्लेजुङवासीको आग्रह

पाथीभरा केबलकार निर्माणमा अवरोध नगर्न ताप्लेजुङवासीको आग्रह


ताप्लेजुङ-ताप्लेजुङ जिल्लावासीको तर्फबाट पाथीभरा देवी (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण भइरहेको केबलकार परियोजनालाई अवरोध नगर्न र निर्माण कार्यलाई तीव्रता दिन सरकारसमक्ष आग्रह गरिएको छ।

ताप्लेजुङवासीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ध्यानाकर्षण पत्रमा पाथीभरा देवी सबै धर्म, संस्कृति र समुदायको आस्थाको केन्द्र भएको उल्लेख गरिएको छ। नेपालसहित भारतलगायत विभिन्न स्थानबाट आउने भक्तजनका कारण यस क्षेत्र धार्मिक तथा पर्यटनका दृष्टिले महत्वपूर्ण बन्दै गएको पनि पत्रमा भनिएको छ।

पत्रमा हाल निर्माण भइरहेको केबलकार परियोजनाले तीर्थयात्रीलाई सहज पहुँच प्रदान गर्ने, स्थानीय अर्थतन्त्र चलायमान बनाउने र रोजगारी सिर्जना गर्ने विश्वास व्यक्त गरिएको छ। साथै, कोशी प्रदेश मात्र नभई समग्र देशकै पर्यटन क्षेत्रलाई टेवा पुग्ने दाबी गरिएको छ।

जिल्लावासीका अनुसार निजी क्षेत्रको लगानीमा सुरु भएको परियोजनाले स्थानीय समुदायसँग सहकार्य गर्दै काम अघि बढाइरहेको छ। तर केही समूहले विकासविरोधी गतिविधि गर्दै अवरोध सिर्जना गर्ने प्रयास गरेको भन्दै त्यसप्रति चिन्ता व्यक्त गरिएको छ।

सरकारसँग लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्न, निर्माण कार्यलाई सहजीकरण गर्न र सुकेटार–काफ्लेपाटी सडकखण्डको स्तरोन्नति शीघ्र अघि बढाउन समेत माग गरिएको छ। उक्त ध्यानाकर्षण पत्रमा विभिन्न संघ–संस्था तथा स्थानीय प्रतिनिधिहरूको समर्थन रहेको जनाइएको छ।

ताप्लेजुङ जिल्लावासी तर्फबाट ध्यानाकर्षण गरिएको व्यक्तिहरु-

१. प्रकास मादेन लिम्बु (संयोजक)- ताप्लेजुङ विकास प्रेमी युवा समाज, ताप्लेजुङ

२. जस बहादुर चेम्जोङ (अध्यक्ष) – निर्माण व्यवसायी महासंघ, ताप्लेजुङ
३. ईन्द्र केदेम (उपाध्यक्ष) – निर्माण व्यवसायी महासंघ, ताप्लेजुङ
४. गोपाल गुरागाई (संयोजक)- जेन्जी, ताप्लेजुङ
५. सागर लाम्गादे- जेन्जी अगुवा, ताप्लेजुङ