काठमाडौँ-नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गौतम बुद्धका आदर्शहरूलाई व्यवहारमा लागु गर्नु आजको आवश्यकता भएको बताएका छन्।
बुद्धजयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले सामाजिक न्याय, साँस्कृतिक विविधताको सम्मान, समानता र सहअस्तित्वमा आधारित समाज निर्माणमार्फत् मात्र शान्त र समुन्नत नेपाल निर्माण सम्भव भएको स्पष्ट पारेका छन्।
‘बुद्धले प्रतिपादन गर्नुभएको शान्ति, अहिंसा, करुणा र मध्यम मार्गको सन्देश आजको विश्व र नेपालको सन्दर्भमा अत्यन्त सान्दर्भिक छ। विभेद, असमानता र अन्याय कायम रहँदासम्म न स्थायित्व सम्भव छ, न समृद्धि नै। त्यसैले बुद्धका आदर्शहरूलाई केवल श्रद्धामा सीमित नराखी व्यवहारमा लागू गर्नु आजको आवश्यकता हो। सामाजिक न्याय, सांस्कृतिक विविधताको सम्मान, समानता र सहअस्तित्वमा आधारित समाज निर्माणमार्फत मात्र शान्त र समुन्नत नेपाल निर्माण सम्भव छ’, उनले भनेका छन्।







प्रतिक्रिया