अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेरा लागि उभौली पर्व बाल्यकालको स्मृति जोडिने दिन: अध्यक्ष ओली

मेरा लागि उभौली पर्व बाल्यकालको स्मृति जोडिने दिन: अध्यक्ष ओली


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उभौली पर्व आफ्नो बाल्यकालको स्मृति जोडिने दिनको रुपमा रहेका बताएका छन्।

‘मेरा लागि उभौली एउटा पर्व मात्र नभएर बाल्यकाल देखिका स्म्ृति जोडिने दिन पनि हो ’ लिम्बू समुदायको बाहुल्यता रहेको तेह्रथुमको आठराईमा बाल्यकाल बिताएका ओलीले भनेका छन् ‘ऋतु परिवर्तनसंगै जमिन,जंगल,जल चराचुरुंगी र मानिसमा आउने परिवर्तनलाई मैले सुक्ष्म अनुभुती गरेको छु ।’

पूर्वी नेपालका किराँतहरुले धान्यपूर्णिमाको दिन मनाउने उभौली पर्वको शुभकामना दिंदै अध्यक्ष ओलीले उत्पादन,उर्वरता,प्रकृतिप्रेमको कृतज्ञता मात्र होइन यस पर्वले किरात संस्कृतिमा पुर्खाको ज्ञानप्रति सम्मान पनि व्यक्त गर्ने बताएका छन्। ‘उत्पादन, उर्वरता,प्रकृतिप्रेमको कृतज्ञता मात्र होइन यस पर्वले किरात संस्कृतिमा पुर्खाको ज्ञानप्रति सम्मान व्यक्त गर्ने सांस्ृकतिक चेतना दिन्छ’ अध्यक्ष ओलीले शुभकामना सन्देशमा भनेका छन् ‘पुस्तौं देखि प्रकृतिसँगको सहअस्तित्वको दर्शनलाई जीवित राख्दछ।’