अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले जनताको अधिकार खोस्न खोज्यो: माधव नेपाल

सरकारले जनताको अधिकार खोस्न खोज्यो: माधव नेपाल


काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारले जनताको संवैधानिक अधिकार खोस्न लागेको आरोप लगाएका छन्।

मजदुर आन्दोलनको इतिहास र वर्तमान राजनीतिक अवस्थाबारे चर्चा गर्दै नेता नेपालले सरकारका पछिल्ला कदमहरू जनविरोधी र मजदुर विरोधी देखिएको टिप्पणी गरेका हुन्।

नेता नेपालले कार्ल मार्क्सको ‘विश्वका श्रमजीवीहरू एक होऔँ’ भन्ने उद्घोषलाई आत्मसात गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।

सरकारले सुकुमवासी समस्याको उचित विकल्प नखोजिकन दमन गरेको, ट्रेड युनियन अधिकारमाथि अङ्कुश लगाउन खोजेको र अध्यादेशमार्फत शासन गर्न खोजेकोमा नेता नेपालले आपत्ति जनाए। नेता नेपालले भने, ‘देश बनाउने चाहना छ भने त्यो सबैको साझा हुनुपर्छ। तथ्यांक नलिई र वैकल्पिक व्यवस्था नगरी सुकुमवासीलाई हटाउने कार्य जायज छैन। सरकारले आफ्ना कदमहरू नसच्याए मजदुर वर्गले पुनः सङ्घर्षको नेतृत्व गर्नेछ।’

नेपालको भूराजनीतिक अवस्था संवेदनशील रहेको उल्लेख गर्दै नेता नेपालले असंलग्न परराष्ट्र नीतिको महत्त्वमाथि प्रकाश पारे ।

देशमा बढ्दो बेरोजगारी र युवाहरूको पलायनप्रति चिन्ता व्यक्त गर्दै उनले शिक्षालाई सीप र रोजगारीसँग जोड्नुपर्ने आवश्यकता औँल्याए।