अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

७ तले चर्चित घरको बाहिरीभाग मात्रै भत्काए फर्कियो डोजर

७ तले चर्चित घरको बाहिरीभाग मात्रै भत्काए फर्कियो डोजर


काठमाडौं-काठमाडौं धोबीखोलास्थित चर्चित साततले घरको अगाडि भागमा क्षति गराएपछि डोजर फर्किएको छ।

इन्द्र चाम्लिङको घर भत्काउन दुईवटा डोजर ल्याइएको थियो । तर, घरको अगाडि भागमा मात्रै क्षति पुर्याएर डोजर फर्काइएको हो। साततले घरको पाँच तल्लासम्म डोजरले ठुँगेको छ।

सरकारी जग्गामा घरले छोएको, मापदण्ड मिचेको छ भन्दै सरकारीपक्षले अगाडिको भागमा क्षति पुर्‍याएको छ।

घरधनीले जग्गाको लालपूर्जा, घरको नक्सापास र अदालतले यसअघि दिएको आदेश घरको भित्तामै टाँसेका थिए । तर, घरधनी चाम्लिङले आफूसँग कुनै समन्वय नै नगरी घर भत्काउन खोजिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

घरको अगाडिको भागमा मात्रै क्षति पुर्‍याइएकोले अब के गर्ने भन्नेबारेमा सरकारी अधिकारीहरूले जानकारी दिएका छैनन् ।