अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमतीका मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा

बागमतीका मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा


काठमाडौं-बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ। विभागले सोमबार बानियाँको निर्माण कम्पनी सम्बन्धी ती दुई कार्यालयमा छापा मारेको हो । 

‘ए’ वर्गका ठेकेदारसमेत रहेका बानियाँले सम्पत्ति लुकाएको साथै अवैध सम्पत्ति आर्जन गरेको आशंकामा विभागले अनुसन्धान थालेको हो।

विभागको टोलीले काठमाडौस्थित बानियाँको नक्साल र सुन्धारास्थित कार्यालय साथै हेटौँडा कार्यालय र घरमा छापा मारेको हो।

उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाउने सन्दर्भमा कानुनी परामर्शसमेत भइरहेको स्रोतले बतायो ।