काठमाडौं – एभरेष्ट बैंक लिमिटेडले आजदेखि ठुलो संख्यामा कर्मचारी माग गरेको छ। बैंकले विभिन्न शाखा कार्यालयका लागि कस्टमर सर्भिस एसोसिएट्स र म्यानेजमेन्ट ट्रेनी पद गरी एकैचोटी ११४ जना कर्मचारी मागेको हो। बैंकले कस्टमर सर्भिस एसोसिएट्स पदमा ९९ जनाको माग गरेकाे छ।
यस पदमा आवेदन दिन इच्छुक आवेदनकले न्यूनतम शैक्षिक योग्यता १० वा प्लस टु उत्तीर्ण हुनुपर्नेछ। उम्मेदवारले कम्तीमा ६० प्रतिशत अंक वा २ दशमलव ८ जिपिए प्राप्त गरेको हुनुपर्नेछ। त्यस्तै स्नातक तह उत्तीर्ण गरी कम्तीमा ६० प्रतिशत अंक वा ३ दशमलव जिपिए हासिल गरेका उम्मेदवारले पनि आवेदन दिन सक्नेछन्।
उमेर हद वैशाख मसान्त २०८३ सम्म २८ वर्ष ननाघेको हुनुपर्नेछ भने महिला उम्मेदवारलाई अधिकतम उमेरमा ५ वर्षको छुट दिइनेछ। यसैगरी म्यानेजमेन्ट ट्रेनी पदमा १५ जनाको माग गरिएको छ।
यस पदका लागि व्यवसाय प्रशासन, वित्त, कम्प्युटर एप्लिकेसन, मानव संसाधन वा समकक्ष विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी न्यूनतम प्रथम श्रेणी वा ३ दशमलव ३० जीपीए हासिल गरेको हुनुपर्नेछ। यससँगै मान्यता प्राप्त चार्टर्ड एकाउन्टेन्सी संस्थाबाट चार्टर्ड एकाउन्टेन्ट उपाधि प्राप्त गरेका उम्मेदवार पनि योग्य मानिनेछन्। इच्छुक उम्मेदवारले यही जेठ ५ गते भित्र अनलाइनमार्फत आवेदन दिनुपर्नेछ।







प्रतिक्रिया