अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 सरकारले सिफारिस गरेको ८ वटै अध्यादेश राष्ट्रपति पौडेलद्वारा जारी

 सरकारले सिफारिस गरेको ८ वटै अध्यादेश राष्ट्रपति पौडेलद्वारा जारी


काठमाडौं-सरकारले सिफारिस गरेको ८ वटै अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका छन्। राष्ट्रपति पौडेलले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश समेत जारी गरेका हुन्।

यसअघि राष्ट्रपति पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३ पुनर्विचारका लागि फिर्ता पठाएकोमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोही अध्यादेशलाई हुबहु पठाएपछि अन्ततः राष्ट्रपतिले मंगलबार भने जारी गरेका हुन्। 

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  

यस्तै वैशाख २० गते राष्ट्रपतिले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेका थिए । यस्तै वैशाख १९ गते स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश राष्ट्रपतिले जारी गरेका थिए । 

यस्तै वैशाख १८ गते राष्ट्रपतिले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डिरिङ) निवारण (तेस्रो संशोधन अध्यादेश तथा वैशाख १७ गते सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी गरेका थिए । यस्तै वैशाख १७ गते नै राष्ट्रपतिले सहकारी (पहिलो संशोधन) अध्यादेश पनि जारी गरेका थिए । 

मन्त्रिपरिषद्को १४ गते बसेको बैठकले अध्यादेशहरू सिफारिस गरेको थियो ।