काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव मोहम्मद गोलाम सरवारले बुधबार भेट गरेका छन्।
परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ताका क्रममा उनीहरूबीच दक्षिण एसियाली क्षेत्रीय सहकार्यलाई थप प्रभावकारी र सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
भेटमा क्षेत्रीय साझेदारी, आपसी सहकार्य तथा सार्कको भूमिकालाई अझ सक्रिय बनाउने विषयमा समेत विचार आदानप्रदान भएको बताइएको छ ।







प्रतिक्रिया