अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीका आठ पत्रकारलाई प्रादेशिक पत्रकारिता पुरस्कार

कोशीका आठ पत्रकारलाई प्रादेशिक पत्रकारिता पुरस्कार


विराटनगर-कोशी प्रदेश सरकारले आठ पत्रकारलाई पुरस्कृत गरेको छ। राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पत्रकारलाई पुरस्कार प्रदान गरेका हुन् ।

प्रादेशिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने पत्रकारमा शेखर रेग्मी, शिद्धराज राई, गोपाल दाहाल, विवेक गौतम, मनोज श्रेष्ठ, रेजिना गौतम, सन्तोष रुचाल र श्यामसुन्दर सुतिहार रहेका छन्। 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा २०७५ सालदेखि पुरस्कार प्रदान गर्दै आएको छ। पत्रकारहरूलाई जनही एक लाख रुपैयाँसहित पुरस्कार प्रदान गरिएको हो। 

Skip This