जनकपुरधाम-मधेस प्रदेश सरकारमा सहभागी सत्ता साझेदार दलहरूले वर्तमान सरकारलाई निरन्तरता दिने निर्णय गरेका छन्। वैशाख २७ गते आइतबार बसेको सत्ता साझेदार दलका बैठकले मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै विश्वासको मत दिने निर्णय गरेको छ ।
निर्णयमा कांग्रेसको तर्फबाट दलका नेता तथा मुख्यमन्त्री कृष्णप्रसाद यादव, जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, नेकपाका संसदीय दलका नेता युवराज भट्टराई र लोसपा संसदीय दलका नेता जयनुल राइनले हस्ताक्षर गरेका छन्।
सत्ता साझेदार दलहरूको यस निर्णयसँगै मधेस प्रदेश सरकार तत्कालका लागि स्थिर रहने सङ्केत देखिएको छ। विपक्षी दलहरूको गतिविधि र आगामी विश्वासको मत प्रक्रियाले प्रदेशको राजनीतिक समीकरणलाई थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ।








प्रतिक्रिया