काठमाडौं-प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम सिफारिस भएको छ। सभामुख डीपी अर्यालले हर्कराज राईलाई सचिवबाट हटाएर अधिकारीको नाम सचिवमा सिफारिस गरेका हुन्।
सचिवमा सिफारिस भएका अधिकारी संखुवासभाको खाँदबारी नगरपालिका ३ का स्थायी बासिन्दा हुन्।
उनी निजामती सेवाको उपसचिव पदबाट सेवानिवृत्त भएका कर्मचारी हुन्।
सङ्घीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवलाई सभामुख तथा राष्ट्रिय सभाको अध्यक्षको रिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने तथा हटाउने व्यवस्था छ।







प्रतिक्रिया