अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल कपडा तथा सिलाई व्यवसायी सङ्घ काठमाडौंको २४ औं साधारण सभा जेठ २ गते हुने

नेपाल कपडा तथा सिलाई व्यवसायी सङ्घ काठमाडौंको २४ औं साधारण सभा जेठ २ गते हुने


काठमाडौं-नेपाल कपडा तथा सिलाई व्यवसायी संघ, काठमाडौं जिल्लाको २४ औं साधारण सभा काठमाडौंमा गर्ने भएको छ।  

साधारण सभा २०८३ साल जेठ २ गते शनिबार बिहान ११ बजे काठमाडौंको सामाखुशीस्थित स्काई रेस्टो एण्ड ब्याङ्क्वेटमा आयोजना हुने नेपाल कपडा तथा सिलाई व्यवसायी संघका केन्द्रीय सदस्य तथा बागमती संयोजक भिम दर्नालले जानकारी दिए। 

कपडा तथा सिलाई (टेलरिङ) र बुटिक व्यवसायसँग आबद्ध सम्पूर्ण व्यवसायीलाई कार्यक्रममा उपस्थित हुन आग्रह संयोजक दर्नालले आग्रह गरेका छन्।

संयोजक दर्नालका अनुसार संघले व्यवसायीहरूको हकहित, पेशागत एकता तथा व्यावसायिक विकासका विषयमा छलफल गर्न साधारण सभा आयोजना गरिएको संयोजक दर्नालले बताए।  कार्यक्रममा व्यवसायीहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमको शोभा बढ्ने विश्वास संघले व्यक्त गरेको छ।

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ २०५५ साल भदौमा स्थापना गरिएको हो।