काठमाडौं-सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई छाड्नको आदेश दिएको छ।
शुक्रबार न्यायाधीशहरू शारंगा सुवेदी र शान्ति सिंह थापाको इजलासले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै पाण्डेलाई छाड्न आदेश दिएको हो।
उनी विदेश जान परेमा भने अदालतको अनुमति लिएर मात्रै जान पाउने गरी इजलासले आदेश दिएको हो।
सरकारको निर्देशनमा सिआइबीले स्मार्ट टेलिकमको धितो लिलाम गर्दा भ्रष्टाचार गरेको अभियोगमा पाण्डेलाई नियन्त्रणमा लिएको हो।
स्मार्ट टेलिकमको अनुमतिपत्र खारेज भई त्यसको सम्पत्ति नेपाल दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा गइसकेको अवस्थामा, सरकारी सम्पत्तिको हिनामिना गरेको आरोप पाण्डेमाथि लगाइएको छ।
बैंक तथा उनका कानुन व्यवसायीले भने नेपाल राष्ट्र बैंकको अनुमतिमा नियमति पक्रियाअनुसार नै धितो लिलाम गर्दा पनि धरपकड गरिएको दाबी गरेका छन्।
सर्वोच्चको आदेशसँग व्यवसायीमाथि धरपकड गर्ने सरकारको रवैयामाथि झड्का लागेको छ। पाण्डेलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सहयोगमा ३० वैशाखमा पक्राउ गरिएको थियो।




प्रतिक्रिया