अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री बालेन्द्र साहले संसदको उपेक्षा गरे: प्रदीप पौडेल

प्रधानमन्त्री बालेन्द्र साहले संसदको उपेक्षा गरे: प्रदीप पौडेल

काठमाडौँ-नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडलले प्रधानमन्त्री बालेन्द्र साहले जानीजानी संसदको उपेक्षा गरेको आरोप लगाएका छन्।

प्रजातान्त्रिक विचार समाज, नेपालको साधारण सभामा बोल्दै महामन्त्री पौडलले प्रधानमन्त्रीको कार्यशैली अपरिपक्वताका कारण नभई नियतवश भएको दाबी गरेका हुन्।

प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्नेमा जोड दिँदै महामन्त्री पौडलले  वर्तमान सरकारको गतिविधिले लोकतान्त्रिक व्यवस्था र संवैधानिक प्रणालीमाथि नै जोखिम बढाएको बताए। ठूलो जनविश्वासका साथ बनेको सरकार छोटो समयमै प्रश्नहरूको घेरामा पर्न थालेको र यसले नागरिकमा निराशा बढाउँदै व्यवस्था परिवर्तनकै खतरनाक सोच विकसित हुनसक्ने उनको भनाइ छ।

महामन्त्री पौडेलले सरकारले शक्तिको अत्यधिक केन्द्रीकरण गरेको आरोपसमेत लगाएका छन्। राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण र विशेष अनुसन्धान जस्ता निकायहरूलाई प्रधानमन्त्री केन्द्रित बनाएको उनले बताए।

यसैगरी, संवैधानिक परिषद्लाई पनि ६ सदस्यीय समितिमा ३ जनाले बहुमत पुग्ने संरचना बनाएको र यस्तो अभ्यास विश्वमै दुर्लभ रहेको उनको दाबी छ। प्रधानमन्त्रीमा ‘म नै सबैथोक हुँ’ भन्ने मनोविज्ञान हाबी भएको र यस्तो प्रवृत्तिले लोकतन्त्रलाई नै निल्ने खतरा हुने उनले औँल्याए।

नेपाली कांग्रेस अहिले प्रतिपक्षको भूमिकामा रहेको उल्लेख गर्दै पौडेलले लोकतन्त्र र संसदीय प्रणालीको रक्षा गर्न सरकारलाई निरन्तर प्रश्न गर्ने स्पष्ट पारे । सरकार असफल होस् भन्ने चाहना नभए पनि लोकतन्त्र कमजोर बनाउने कुनै पनि प्रयासविरुद्ध प्रतिपक्ष चुप बस्न नमिल्ने उनले बताए । कांग्रेस पार्टी लोकतान्त्रिक मूल्य र विधिको रक्षा गर्न पछि नहट्ने उनको जिकिर छ ।