काठमाडौं – देशका केही स्थानमा आज वर्षा र हिमपात हुँदा केही भूभागमा भने अधिकतम तापक्रम बढ्नेछ ।
पश्चिमी र स्थानीय वायूको प्रभाव रहेका कारण केही स्थानमा वर्षाको सम्भावना रहँदा मध्य र पश्चिम नेपालका केही स्थानमा अधिकतम तापक्रम उच्च हुनेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ ।
कोसी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षारहिमपातको सम्भावना छ ।
मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशको तराई तथा बाँकी पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तापक्रम बढ्ने पूर्वानुमान छ ।
विभागले राति कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।




प्रतिक्रिया