अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध १६ उजुरी

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध १६ उजुरी


काठमाडौं-संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधान न्यायाधीश डा‍. मनोज शर्माविरुद्ध १६ उजुरी परेका छन्। 

समितिले उजुरी दिनका लागि तोकेको १० दिनको समयमा डा‍. शर्माविरुद्ध १६ उजुरी परेका सङ्घीय संसद् सचिवालयकी उपसचिव सावित्रा शर्माले जानकारी दिइन्। 

संसदीय सुनुवाइ समितिको वैशाख २५ गते बसेको बैठकले शर्माविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो।समिति सचिवालयले उजुरी दिन हुलाकदेखि इमेलसम्मलाई उपयोग गर्न सकिने व्यवस्था गरेको थियो ।

सिधै सचिवालयमा पुगेर पत्रमार्फत, सुनुवाइ समितिका सदस्यहरूलाई प्रत्यक्ष भेटेर खामभित्र राखेर र ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट उजुरी दिने व्यवस्था गरेको थियो ।