अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अधिवेशनका लागि रास्वपाले तोक्यो ७७ वटै जिल्लाको जिम्मेवारी, को-कहाँ ?

अधिवेशनका लागि रास्वपाले तोक्यो ७७ वटै जिल्लाको जिम्मेवारी, को-कहाँ ?


काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वडा, पालिका, जिल्ला भेला तथा अधिवेशनलाई समन्वयात्मक र सहजीकरण गर्न देशका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।

मंगलबार पार्टीले केन्द्रीय सदस्य, सांसद, सङ्घीय नेतृत्व मञ्च तथा केन्द्रीय विभागका पदाधिकारी एवं सदस्यलाई जिल्लागत जिम्मेवारी तोकेको जनाएको छ।

महामन्त्री भूपदेव शाहले गत वैशाख २७ को पार्टी सचिवालयको निर्णयअनुसार जिम्मेवारी तोकिएको भन्दै केन्द्रीय सदस्य, सांसद, संघीय नेतृत्व मञ्च र केन्द्रीय विभागलाई निर्देशन जारी गरेका छन्।

निर्देशनमा जिल्ला, पालिका तथा वडा भेला एवं अधिवेशनहरूमा सम्बन्धित तहसँग समन्वय गरेर सहभागी भई कार्यक्रम सफल बनाउन भनिएको छ।

हेर्नुहोस् कसलाई कुन जिल्ला ?