अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल इन्भेष्टमेन्ट मेगाका सीईओ पाण्डे नियमित काममा फर्किए

नेपाल इन्भेष्टमेन्ट मेगाका सीईओ पाण्डे नियमित काममा फर्किए


काठमाडौं– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डे पुनः नियमित कार्यमा फर्किएका छन्।

स्मार्ट टेलिकम प्रकरणमा पक्राउ परेका पाण्डेलाई सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिएपछि उनी नियमित कार्यमा फर्किएका हुन्।

‘अदालतको आदेशपश्चात् यस बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले बैंकको नियमित कार्य सुचारु गर्नुभएको जानकारी गराउँछौँ,’ बैंकले भनेको छ। 

२०८३ वैशाख २९ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले स्मार्ट टेलिकम प्रकरणसँग सम्बन्धित अनुसन्धानका क्रममा पाण्डेलाई पक्राउ गरेको थियो। त्यसपछि उनकी पत्नी निरु दाहालले २०८३ वैशाख ३० गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय शारंगा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले विदेश जानुअघि अदालतको अनुमति लिनुपर्ने सर्तसहित जेठ १ गते पाण्डेलाई रिहा गर्न आदेश दिएको थियो।

अदालतको आदेशसँगै पाण्डे थुनामुक्त भएका थिए भने अहिले उनी बैंकको नियमित नेतृत्वमा सक्रिय भएका छन्।