अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कान्स फिल्म फेस्टिभलमा सहभागी हुँदै अभिनेत्री अदिती बुढाथोकी

कान्स फिल्म फेस्टिभलमा सहभागी हुँदै अभिनेत्री अदिती बुढाथोकी


काठमाडौं-अभिनेत्री अदिती बुढाथोकी यस वर्ष पहिलो पटक कान्स फिल्म फेस्टिभलमा सहभागी हुँदै छिन्। अभिनेत्री बुढाथोकीले आफ्नो कान्स डेब्युमा दक्षिण एसियाली सिर्जना र कलालाई विश्व मञ्चमा प्रस्तुत गर्ने बताएकी छन्।

कान्स फिल्म फेस्टिभल चलचित्र क्षेत्रकै सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय मञ्चमध्ये एक मानिन्छ। पछिल्ला वर्षहरूमा यो फेसन र सांस्कृतिक अभिव्यक्तिको ठूलो प्लेटफर्मको रूपमा पनि स्थापित भएको छ। अदितिले यही अवसरमार्फत दक्षिण एसियाली कला, फेसन र सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने इच्छा व्यक्त गरेकी छन्।

अभिनेत्री अदितीका अनुसार कान्समा सहभागी हुनु उनका लागि सपना पूरा भएको जस्तै अनुभव हो। उनले भनिन्, ‘कान्सको जादुई वातावरणलाई प्रत्यक्ष अनुभव गर्ने मेरो सपना अब वास्तविकतामा परिणत हुँदैछ। र, यो अझै पनि अविश्वसनीय लागिरहेको छ।’

उनले कान्स रेड कार्पेटका लागि विशेष पहिरन तयारी गरिरहेकी छन्। पहिलो दिन उनी नेपाली डिजाइनर सिवाङ्गी प्रधानको डिजाइनमा देखिने छिन् भने दोस्रो दिन भारतीय डिजाइनर जोडी गौरी र नैनिकाको डिजाइन लगाउने छिन्।

अदितीले भनिन्, ‘म चाहन्छु मेरा पहिरनहरू आकर्षक, कालजयी र मेरो व्यक्तित्व झल्काउने खालका हुन्। कान्स केवल फेसन र ग्ल्यामरको कार्यक्रम मात्र नभई कला, चलचित्र, संस्कृति र विश्वव्यापी सिर्जनशीलताको संगम हो।’

उनको भनाइ अनुसार ‘कान्स मेरो लागि केवल फेसन र ग्ल्यामर मात्र होइन। यो कला, सिनेमा, संस्कृति र विश्व सिर्जनशीलताको साझा मञ्च हो। भारतीय कलाकारको रूपमा त्यो रेड कार्पेटमा हिँड्नु गर्वको कुरा हो, र म आफू तथा दक्षिण एशियाली पहिचानलाई सम्मानपूर्वक प्रस्तुत गर्न चाहन्छु।’

यस डेब्युमार्फत अदिती बुढाथोकीले दक्षिण एशियाली फेसन र कलालाई विश्वभर चिनाउने अपेक्षा राखेकी छन्।