अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशका केही भागमा वर्षा हुने,केही भागमा अत्याधिक गर्मी हुने

देशका केही भागमा वर्षा हुने,केही भागमा अत्याधिक गर्मी हुने


काठमाडौं – देशका केही स्थानमा आज वर्षा हुनेछ भने केही स्थानमा गर्मी हुनेछ । हल्कादेखि केही भूभागमा मध्यमसम्मको वर्षा हुनेछ । केही भूभागमा भने उच्च गर्मीको सम्भावना छ ।

काठमाडौंलगायत केही स्थानमा बिहानैबाट वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ ।

लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, मधेस प्रदेशलगायत कोसी, वाग्मती, गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।

सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागमा तातो लहर हुने सम्भावना छ । लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको विभागले प्रस्ट पारेको छ ।

विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ ।

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ ।

हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभागनजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ ।