अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बेलायतकी राज्यमन्त्री सीमा नेपालमा

बेलायतकी राज्यमन्त्री सीमा नेपालमा


काठमाडौँ-बेलायत सरकारकी इन्डो-प्यासिफिक मामिला तथा समानता सम्बन्धी राज्यमन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा आएकी छिन्। बेलायतकी लेबर पार्टीकी नेतृ समेत रहेकी उनी आज नेपाल आइपुगेकी हुन्।

उनी नेपाल भ्रमणमा आएको पुष्टि काठमाडौँस्थित बेलायती दूतावासले गरेको छ। राज्यमन्त्री सीमालाई स्वागत गर्दै दूतावासले बेलायत–नेपालको लागि यो एक महत्त्वपूर्ण भ्रमण हुने बताउँदै दुई देशको मित्रता तथा साझेदारीलाई अझ बलियो बनाउने बताएको छ।

सन् २०११ देखि पश्चिम लन्डनस्थित फेल्थम एन्ड हेस्टन क्षेत्रकी सांसद समेत रहेकी उनी बेलायतको संसदमा महिला अधिकार, रोजगारी, शिक्षा, आप्रवासन नीति तथा इन्डो–प्यासिफिक क्षेत्रमा काम गर्दै आइरहेकी छिन् ।

उनको जन्म लन्डनमा भए पनि उनको मूलघर भारतको पन्जाब रहेको बताइएको छ । राज्यमन्त्री सीमाले नेपालमा लगानी प्रवर्द्धन तथा रोजगारी सिर्जनाको विषयमा बेलायती ब्रिटिस इन्टरनेशनल इन्भेष्ट (बीआइआइ) तथा इन्भेष्ट फर इम्प्याक्ट नेपाल (आइआइएन) का प्रतिनिधिसँग छलफल गरेकी छिन् ।