अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चिकित्सकले सेवा बन्द गरेपछि प्रादेशिक अस्पतालमा सेवाग्राही आन्दोलित

चिकित्सकले सेवा बन्द गरेपछि प्रादेशिक अस्पतालमा सेवाग्राही आन्दोलित


काठमाडौं-मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरधामका चिकित्सकहरूले स्वास्थ्य सेवा बन्द गर्दै पेन डाउन गरेपछि सेवाग्राही आन्दोलित बनेका छन्। 

टाढाटाढाबाट उपचार गराउन आएका बिरामी तथा उनका आफन्तले उपचार सेवा अवरुद्ध हुँदा अस्पताल प्रशासन र चिकित्सकविरुद्ध नाराबाजी गरेका छन् ।

हिजो बिहीबार एक सुत्केरीको शल्यक्रियापछि मृत्यु भएको घटनामा संलग्न दुई चिकित्सकलाई अस्पताल प्रशासनले निलम्बन गरेपछि त्यसको विरोधमा चिकित्सकहरूले आज सेवा अवरुद्ध गर्दै पेन डाउन गरेका हुन् । 

सुत्केरी अञ्जिना यादवको मृत्यु भएपछि बिहीबार मृतकका परिवारजनले दोषी चिकित्सकमाथि कारबाहीको माग गर्दै अस्पतालमा प्रदर्शन गरेका थिए । त्यसपछि यादवको उपचारमा संलग्न चिकित्सकद्वय डा. धीरज कुमार साह र डा. श्रेयालक्ष्मी साहलाई छानबिन अवधिभरका लागि निलम्बन गर्ने निर्णय अस्पताल प्रशासनले गरेको थियो ।

उक्त निर्णयको विरोधमा चिकित्सकहरूले सेवा बन्द गरेर पेनडाउन गरेपछि अस्पतालमा उपचार सेवा प्रभावित भएको छ भने सेवाग्राही थप समस्यामा परेका छन् ।