अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संविधान संशोधन बहसपत्रका लागि निजी क्षेत्रसँग छलफल हुँदै

संविधान संशोधन बहसपत्रका लागि निजी क्षेत्रसँग छलफल हुँदै


काठमाडौं-संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले निजी क्षेत्रसँग पनि छलफल गर्ने भएको छ। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले व्यवसायीहरुसँग छलफल गर्न लागेको हो।

प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले २०८३ जेठ १२ गते मंगलबार दिउँसो ३ बजे केही व्यवसायीहरुलाई छलफलमा बोलाएको छ।

‘केही व्यवसायीहरुलाई संविधान संशोधनको विषयमा छलफलका लागि बोलावट आएको छ। मंगलबार ३ बजे छलफल गर्न बोलाइएको छ,’ एक व्यवसायीले भने।

कार्यदलले बहसपत्र तयार गर्नका लागि विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग छलफल गर्दै आएको छ।