अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले तोक्यो वर्षे धानको मूल्य, कुनको कति ?

सरकारले तोक्यो वर्षे धानको मूल्य, कुनको कति ?


काठमाडौं-मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी आर्थिक वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको छ ।

बैठकका निर्णयहरूबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको जानकारी दिए  ।

सरकारको निर्णय अनुसार मोटो धानको मूल्य प्रतिक्न्टिल ३ हजार ६६० र मध्यम धानको मूल्य ३ हजार ८६० प्रतिक्न्टिल तोकिएको हो ।

किसानले आफ्नो उपजको उचित मूल्य पाऊन् भन्ने उद्देश्यले समयमै समर्थन मूल्य तोकिएको प्रवक्ता पोखरेलले जानकारी दिए।