अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुर्गा प्रसाईँलाई साधारण तारेखमा छाड्न अदालतको आदेश

दुर्गा प्रसाईँलाई साधारण तारेखमा छाड्न अदालतको आदेश


वीरगञ्ज-मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पर्सा जिल्ला अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ।

मंगलबार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले आज बयानपछि प्रसाईँलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो।

उनलाई थुनामा नराखी तारेखमा राखेर अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन आदेश दिएको हो।

जेठ ४ मा प्रहरीले उनलाई पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरेको थियो। अदालतमा सोमबार मुद्दा दायर हुँदा उनीविरुद्ध विद्युतीय (इलेक्टोनिक) कारोबार ऐन २०६३ अन्तर्गतको कसुर र राज्य विरुद्धको कसुरमा सजाय हुनुपर्ने मागदावी लिइएको थियो । 

राज्यका निकायहरू सेना, प्रहर र प्रधानमन्त्री बालेन्द्र शाक, रास्वपा सभापति रवि लामिछानेलगायतको विषयमा होच्याएर सार्वजनिक टिप्पणी गरेको उनीमाथि आरोप छ ।

प्रसाईंले केही दिनअघि एक युट्यूव अन्तर्वार्तामा प्रधानमन्त्री बालेन्द्र शाह, रवि लामिछाने, पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र हर्क साम्पाङलाई एउटै समूहले अघि बढाइरहेको दाबी गरेका थिए ।

साथै हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापनाको पक्षमा उभिए आफूले बालेन्द्र शाहको तस्बिर घरमा राख्ने अभिव्यक्ति पनि दिएका थिए।