जनकपुरधाम-मधेश सरकारमा मन्त्रिपरिषद् विस्तार भएको छ। मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पाँच मन्त्री नियुक्त गरेका हुन्।
प्रदेश प्रमुखले अर्थमा नेकपाका युवराज भट्टराई, एमालेबाट भौतिकमा मोहम्मद समिर, श्रम तथा यातायात मन्त्रीमा शारदादेवी थापा, युवा तथा समाज कल्याणमन्त्रीमा लखनदास र शिक्षा तथा संस्कृति मन्त्रीमा मनोज सिंहलाई नियुक्त भएका छन्।
यस्तै कांग्रेसबाट स्वास्थ्यमा नगेन्द्र शाह नियुक्त भएका छन् । यसअघि जंगीलाल राय थिए । उनलाई हटाइएको छ ।
नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।




प्रतिक्रिया