अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तिलगंगाका सुकुमबासी पशुपति क्षेत्र विकास कोषको कार्यालयमा धर्नामा

तिलगंगाका सुकुमबासी पशुपति क्षेत्र विकास कोषको कार्यालयमा धर्नामा


काठमाडौं-काठमाडौंको तिलगंगा क्षेत्रबाट हटाइएका सुकुमबासीहरू पशुपति क्षेत्र विकास कोषको कार्यालयमा धर्नामा बसेका छन्। २४ दिनअघि हटाइएका उनीहरूले कोषले पूर्वसम्झौता विपरीत आफ्ना घर हटाएको आरोप लगाउँदै आन्दोलन थालेका हुन्।

धर्नामा बसेका कुमबासीहरूले आफूहरूलाई वैकल्पिक व्यवस्थाबिना जबर्जस्ती हटाइएको गुनासो गरेका छन्। उनीहरूले कोषसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै पुनःबसोबासको व्यवस्था गर्न माग गरेका छन्।

प्रदर्शनकारीहरूले आफूहरूलाई बस्ने उचित स्थान उपलब्ध गराउनुपर्ने, सम्झौता अनुसारको व्यवहार गर्नुपर्ने तथा विस्थापित परिवारको समस्या समाधान गर्नुपर्ने माग राखेका छन्।

उता पशुपति क्षेत्र विकास कोषले भने तिलगंगा क्षेत्रको व्यवस्थापन तथा संरक्षणका लागि अतिक्रमित संरचना हटाइएको जनाएको छ। धर्ना जारी रहेकाले उक्त क्षेत्रमा तनावपूर्ण अवस्था देखिएको छ।