अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बकर इदले सांस्कृतिक सद्भावलाई सुदृढ बनाउँछः अध्यक्ष दाहाल

बकर इदले सांस्कृतिक सद्भावलाई सुदृढ बनाउँछः अध्यक्ष दाहाल


काठमाडौँ-राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले समर्पण, मानवता, सहिष्णुता र परोपकारको सन्देश बोकेको बकर इद (इद–उल–अजहा)ले धार्मिक तथा सांस्कृतिक सद्भावलाई अझ सुदृढ बनाउँदै लैजाने विश्वास व्यक्त गर्नुभएको छ।

इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व बकर इद (इद–उल–अजहा)का अवसरमा शुभकामना व्यक्त गर्र्दै उहाँले यस पर्वले आपसी एकता, भ्रातृत्व र सामाजिक सहकार्यको भावना अभिवृद्धि गर्न प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभएको छ।

अध्यक्ष दाहालले नेपालको संविधानले नेपाललाई बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक विशेषतासहितको राष्ट्रका रूपमा परिभाषित गरेको उल्लेख गर्दै विविधताबीचको एकता राष्ट्रिय शक्ति र सभ्यताको पहिचान भएको बताउनुभएको छ।

‘यस्ता पर्वले नेपाली समाजमा आपसी सम्मान, सद्भाव र सहअस्तित्वको संस्कृतिलाई अझ सशक्त बनाउँदै राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास लिएको छु’, शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ।