काठमाडौं-परराष्ट्र सचिव अमृतबहादुर राई र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच भेटवार्ता भएको छ।
शुक्रबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा सचिव राईले नवनियुक्त भारतीय राजदूत दलेलालाई कार्यकाल सफलताको शुभकामना दिँदै बधाइ दिएका थिए।
भेटका क्रममा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार दुवै देश र जनताको पारस्परिक लाभका लागि नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो।



प्रतिक्रिया