काठमाडौँ-रास्वपा सुदूरपश्चिम प्रदेश सभापतिमा प्रकाश विष्ट निर्वाचित भएका छन्। प्रतिद्वन्द्वी जनकसिंह धामीलाई पराजित गर्दै विष्ट सभापतिमा दोहोरिएका हुन्। विष्टले ३५८ मत पाउँदा धामीले १५४ मत पाएका छन्।
प्रदेश सभापतिमा पराजित भएका धामी प्रतिनिधिसभा सदस्य हुन् । उनले कञ्चनपुर क्षेत्र नम्बर १ बाट चुनाव जितेका थिए । सभापतिसहित भूगोल, खुला र समावेशी सदस्यका लागि सोमबार राति मतदान भएको थियो ।






प्रतिक्रिया