अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाथीभरा केवलकार विवाद समाधानका लागि ७ सदस्यीय कार्यदल गठन, १५ दिनभित्र सुझाव पेश गर्ने

पाथीभरा केवलकार विवाद समाधानका लागि ७ सदस्यीय कार्यदल गठन, १५ दिनभित्र सुझाव पेश गर्ने


काठमाडौं-सरकारले ताप्लेजुङको ऐतिहासिक तथा धार्मिक क्षेत्र मुक्कुम्लुङ-पाथीभरामा निर्माणाधीन केवलकार परियोजनासँग सम्बन्धित लामो समयदेखिको विवाद तथा समस्या समाधानका लागि सात सदस्यीय कार्यदल गठन गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवस्तरको बिहीबारको निर्णयअनुसार प्रधानमन्त्री वालेन्द्र शाहका सामाजिक विकास विज्ञ विश्व राईको संयोजकत्वमा कार्यदल गठन गरिएको हो। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार कार्यदललाई केवलकार निर्माणसँग सम्बन्धित विवाद र समस्याको अध्ययन गरी समाधानका लागि आवश्यक सुझाव १५ दिनभित्र पेश गर्ने जिम्मेवारी दिइएको छ।

कार्यदलमा पूर्वाधार विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर, केवलकार निर्माणप्रति असहमति जनाउने पक्षका प्रतिनिधि, पाथीभरा क्षेत्र विकास समितिका प्रतिनिधि, केवलकार निर्माण गर्ने कम्पनीका प्रतिनिधि, गृह मन्त्रालयका उपसचिव तथा प्रधानमन्त्री सचिवालयका स्वकीय सहसचिव सदस्य रहेका छन्।

सरकारले सबै सरोकारवाला पक्षको सहभागिता सुनिश्चित गर्दै संवाद र सहमतिमार्फत विवाद समाधानको प्रयासस्वरूप कार्यदल गठन गरेको जनाएको छ। कार्यदलको सुझावका आधारमा आगामी निर्णय प्रक्रिया अघि बढाइने अपेक्षा गरिएको छ।

Skip This