ललितपुर-ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना बर्डफ्लु संक्रमण भेटिएपछि अनिश्चितकालका लागि बन्द गरिएको छ। चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुमा बर्डफ्लु संक्रमण देखिएपछि आजदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सेवा बन्द गरिएको हो।
सदर चिडियाखानाले शुक्रबार सूचना जारी गर्दै जीवजन्तुमा बर्डफ्लु संक्रमण पुष्टि भएको जानकारी दिएको छ। सार्वजनिक स्वास्थ्यलाई ध्यानमा राख्दै तत्कालका लागि चिडियाखाना बन्द गरिएको सूचनामा उल्लेख गरिएको छ।

सूचनामा भनिएको छ, ‘सदर चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुमा बर्ड फ्लु संक्रमण देखिएकोले आम सर्वसाधारण दर्शकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै आज मिति २०८३ असार ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म चिडियाखाना बन्द गरिएको बेहोरा जानकारीको लागि अनुरोध गर्दछौँ।’
चिडियाखाना प्रशासनले संक्रमण नियन्त्रण र आवश्यक स्वास्थ्य सुरक्षाका उपायहरू अपनाइरहेको बताइएको छ। अर्को सूचना जारी नभएसम्म सर्वसाधारणलाई चिडियाखाना नआउन अनुरोध गरिएको छ।






प्रतिक्रिया