काठमाडौँ-नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गतका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यहरूसँग भर्चुअल सम्बोधन गरेका छन्।
अध्यक्ष ओलीले पार्टी कार्यालय च्यासलबाट सम्बोधन गर्दै प्रदेश तथा जिल्ला स्तरीय नेताहरूलाई हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले महत्त्वपूर्ण निर्णय गरेको भन्दै त्यसको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुन जोड दिएका छन् ।

सम्बोधनका क्रममा अध्यक्ष ओलीले लोकतन्त्रको पुनर्बहाली र आगामी स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै पार्टी गतिविधि अघि बढाउन आवश्यक रहेको बताएका छन् ।
मङ्गलवार कोशी, मधेस, बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यहरुलाई भर्चुअल सम्बोधन गरेका अध्यक्ष ओलीले त्यसलाई निरन्तरता दिँदै आज अन्य प्रदेशका नेताहरूलाई सम्बोधन गरेका हुन्।
एमालेले ‘लोकतन्त्रको पुनर्बहाली’ र ‘आगामी वैशाखमा हुने स्थानीय निर्वाचनको तयारी’ पार्टीको मुख्य गन्तव्य भएको बताउँदै आएको छ ।





प्रतिक्रिया