अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पराजय स्वीकार गरेका हौं, आत्मसमर्पण गरेका होइनौं: रामबहादुर थापा

पराजय स्वीकार गरेका हौं, आत्मसमर्पण गरेका होइनौं: रामबहादुर थापा


काठमाडौं-नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले २१ फागुनको निर्वाचनमा पार्टीले कानुनी रूपमा पराजय स्वीकार गरे पनि राजनीतिक रूपमा आत्मसमर्पण नगरेको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै थापाले एमालेको राजनीतिक अडान स्पष्ट पार्दै निर्वाचनको परिणाम स्वीकार गर्नु र आत्मसमर्पण गर्नु फरक विषय भएको बताए।

उनले भने, ‘पराजयको स्वीकारोक्ति आत्मसमर्पण होइन, हामीले यसलाई भावी विजयको अवसरका रूपमा लिएका छौँ। लोकतान्त्रिक प्रक्रिया संवाद र सहमतिमा आधारित हुनुपर्नेमा सत्तापक्षले सङ्ख्या र शक्तिको दम्भमा विधेयकहरू पेलेर पारित गर्ने काम गरेको छ।’

थापाले एमालेले लोकतान्त्रिक प्रक्रियाअनुसार निर्वाचनको परिणाम स्वीकार गरेको उल्लेख गर्दै त्यसलाई राजनीतिक आत्मसमर्पणका रूपमा व्याख्या गर्न नहुने धारणा राखे।

संसदमा बोल्ने क्रममा उनले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति पनि आलोचना गरे। सरकार गठन भएको ६ महिना पुग्दा पनि अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै उनले सरकारको गतिविधिप्रति असन्तुष्टि व्यक्त गरे।

थापाले वर्तमान सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै एमालेले आफ्नो राजनीतिक संघर्ष र वैचारिक अडानलाई निरन्तर कायम राख्ने बताए।