अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भट्टको हत्यारालाई कारवाही गर्न नेपाल बिद्यार्थी संघकाे माग

भट्टको हत्यारालाई कारवाही गर्न नेपाल बिद्यार्थी संघकाे माग

appharu
0
Shares

काठमाडौं । नेपाल बिद्यार्थी संघले बलात्कारपछि हत्या गरिएकी बैतडीकी किशोरी भगिरती भट्टको हत्यारालाई पक्राउ गर्न माग गरेको छ । नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले भट्टको हत्यारालाई पक्राउ गरी कडा कारवाही गर्न माग गरेको हो ।

नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले विज्ञप्ति जारी गरी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भट्टको बलात्कारपछि हत्या गरिएको घटनाले नेविसङ्घ स्तब्ध भएको भन्दै हत्यारालाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेका छन्।

“विगतका दिनमा निर्मला पन्त र सम्झना विकलगायत किशोरीको बलात्कार गरी हत्या हुँदासमेत घटनामा संलग्नलाई पक्राउ गरी कारवाही नहुनु दुःखद कुरा हो”, अध्यक्ष ढुङ्गानाले विज्ञप्तिमा भनेका छन् ।