गोरखा-प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना कम्पनी लिमिटेडको कार्यालय भवन, आवास भवन तथा पक्की पुलको शिलान्यास गरेका छन्।
गोरखाको गण्डकी गाउँपालिका-घ्याल्चोकस्थित सिउरेनीटारमा बुधबार आयोजित समारोहमा सभामुख अर्यालले ती संरचनाको शिलान्यास गरेका हुन्।
कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, गोरखा र धादिङका सांसद तथा स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति थियो।
वर्षौंदेखि निर्माणको चर्चा हुँदै आए पनि बूढीगण्डकी जलविद्युत् आयोजना कार्यान्वयनको चरणमा अघि बढ्न सकेको छैन। १२०० मेगावाट क्षमताको जलाशययुक्त यो आयोजना अघि बढाउने अपेक्षासहित बुधबार कार्यालय, आवास भवन र पुलको शिलान्यास गरिएको हो।



प्रतिक्रिया