अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधि सभा विघटनविरुद्धको बहसमा आज पनि सुनुवाई हुँदै

प्रतिनिधि सभा विघटनविरुद्धको बहसमा आज पनि सुनुवाई हुँदै

appharu
0
Shares

काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाई हुने भएको छ ।

रिट निवेदकको तर्फबाट बहस सकिएपछि सरकारी वकीलहरुले बहस सुरु गरेका छन् ।

आज हुन लागेको १९ औं बहस हो भने सरकारी वकिलहरुले नै बहसलाई निरन्तरता दिनेछन्

शुक्रबार सरकारका तर्फबाट सहन्यायाधिवक्ताहरु सञ्जीवराज रेग्मी, लोकनाथ पराजुली र खेमराज ज्ञवालीले बहस गरेका थिए ।

उनीहरुले प्रतिनिधि सभा विघटनको पक्षमा बहस गर्दै प्रधानमन्त्रीलाई विघटन गर्ने असिमित अधिकार हुने तर्क गरेका थिए ।

यसअघि सरकारी पक्षबाट महान्यायाधिवक्ता अग्निप्रसाद खरेल, प्रधानमन्त्रीका तर्फबाट सुशील पन्त, नायब महान्यायाधिवक्ताहरु पद्मप्रसाद पाण्डे र नारायण पौडेलले बहस गरेका थिए ।

निट निवेदकको तर्फबाट ६८ कानुनव्यवसायीले बहस सकिसकेका छन् ।