अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोली हानेर छोरीको हत्या गरेका बाबुले आफ्नै घरमा लगाए आगो

गोली हानेर छोरीको हत्या गरेका बाबुले आफ्नै घरमा लगाए आगो

appharu
0
Shares

बैतडी । गोली हानेर आफ्नै छोरीको हत्या गरेर फरार रहेका एक पुरुषले आफ्नै घरमा आगो समेत लगाएका हुन् । बैतडीको पुर्चौडी नगरपालिका-१० धौबीसौना बिजयपुरका धनबहादुर महराले शनिवार साँझ आफ्नै छोरीको गोली हानी हत्या गरेका थिए ।

छोरीको गोली हानेर हत्या गरेपछि गाउँबाट भागेका महरा राति पुन: गाउँ फर्किएका र आफ्नो घरमा आगो लगाएका स्थानीयले बताएका छन् । स्थानीयका अनुसार बिजयपुर गाउँमा महराका २ घर छन् ।

एउटा घरमा शनिबार राति उनले २० वर्षीया छोरी बेलमती महराको गोली हानी हत्या गरेका थिए । बाबुले गोली हानी हत्या गरेपछि स्थानीय पुरघाट चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । इलाका प्रहरी कार्यालयबाट थप जनशक्ति नआउँदा स्थानीय प्रहरीको टोलीले बेलमतीको शवको निगरानीमा थियो ।

प्रहरीले एउटा घरमा बेलमतीको शवको निगरानी गरिरहेका बेला धनबहादुरले अर्को घरमा आगो लगाएका हुन् । शनिबार राति गाउँ फर्किएर आगो लगाएका धनबहादुरलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।

घटनास्थलबाट २ घण्टाको पैदल दुरीमा रहेको पुरघाट चौकीमा न्युन जनशक्ति रहेका कारण भरुवा बन्दुक सहित फरार रहेका महरालाई समात्न नसकिएको जनाइएको छ । पुरघाट चौकीबाट गएको सात जना प्रहरी कर्मचारीको टोली घटनास्थलमै रहेको छ ।

घरायसी बिवादका क्रममा स्थानीय महराले आफ्नै अन्दाजी २० बर्षिया छोरी बेलमती लाई शनिवार साँझ गोली प्रहार गरेका हुन् । छोरीलाई गोली हानेपछि महरा भरुवा बन्दुकसहित फरार छन् ।


तस्वीर– गोली हानी हत्या गरिएको २० वर्षीया बेलमती