अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टिकटकले लियो कक्षा ७ मा पढ्ने करुणाको ज्यान, भाइरल बन्ने चक्करमा आफ्नै घाँटीमा पासो !

टिकटकले लियो कक्षा ७ मा पढ्ने करुणाको ज्यान, भाइरल बन्ने चक्करमा आफ्नै घाँटीमा पासो !

appharu
0
Shares

धनगढी । अहिले धेरै युवाहरुले टिकटक चलाउछन् । टिकटक अभिनयमा युवाहरूले नयाँ र फरक प्रयोग गर्न खोज्छन् र भाइरल बनन्ने होडमा रहेका हुन्छन् ।

भ्यूज धेरै वनाउनकालागि जोखिम मोलेर टिकटक बनाउनेको संख्या बढिरहेको छ । नयाँ प्रयोगको गर्ने क्रममा कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ कि करुणा चन्दले स्टुलमा चढेर पंखामा डोरी बाँधिन् । कक्षा ७ मा पढीरहेकी १३ वर्षीया करुणालाई टिकटकको भुतले समाएको थियो।

शनिबार दिउसोको समयमा करुणाका साथमा थिए, उनका कान्छो भाई । टिकटक बनाउने बेला करुणाले पंखामा झुण्डाएको डोरी आफ्नो घाँटीमा पनि बाँधिन् । सोही समयमा खुट्टामुनी रहेको स्टुल खस्न पुग्यो र करुणा पंखामा झुण्डिन पुगिन् ।

नजिकै रहेका सानो भाइले गर्न केही सकेनन् । तर खेतमा रहेकी आमालाई घटनाबारे जानकारी गराए । घटनाबारे सुनेर उनकी आमा घर पुगिन् तर करुणाले प्राण त्यागीसकेकी थिइन् ।

केही वर्षअघि करुणाका दाईको पनि नहरमा डुबेर मृत्यु भएको थियो । उक्त घाउ निको नहुँदै फेरि छोरी गुमाउन परेपछि अहिले चन्द दम्पत्तिको आँसु थामिएको छैन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले टिकटक बनाउने क्रममा करुणको ज्यान गएको बताए ।